प्रधानमन्त्रीको गृह जिल्लाबाट २२ नेता-कार्यकर्ता विप्लव नेकपामा प्रवेश (नामसहित)

प्रविण अधिकारी/चैत २९, झापा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा रहेका केन्द्रीय सदस्य सहित पुर्व माओबादी तथा पुर्व एमालेका दुई दर्जन नेता कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीको गृह जिल्ला झापाबाट २२ जना नेता कार्यकर्ताले सामुहिक रुपमा सत्तारूढ दल नेकपा परित्याग बिहिवार विप्लव नेकपामा प्रवेश गरेको घोषणा गरे । बिज्ञप्ती निकालेर उनीहरुले सत्तारुढ नेकपा दलाल भ्रष्ट र भुमाफिया भएको भन्दै आफुहरु त्यस्तो पार्टीमा बस्न नसक्ने जनाएका हुन्।

पार्टी प्रवेश गर्नेहरुमा पुर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य टीका पोख्रेल, पुर्व एमाले युवा संघका केन्द्रीय सदस्य कुमार शर्मा, पुर्व माके जिल्ला सदस्य विमल, अग्नि, सन्तोस, सरोज, सुधिर, मुना, गाउँ कमिटि सदस्य समीर, श्याम, निर्मला, सरल, अभिषेक, जितेन्द्र, चेतन, र पूर्व एमालेकाे गाउँ कमिटि सदस्य भानुभक्त, अमर, राजु, सुजन, सुरज, सौगात र भिम रहेका छन् । उनीहरुले क्रान्तिको अधुरो अबिभारा पूरा गर्ने प्रतिबद्धता समेत गरेका छन ।

टीका पोख्रेल २०५३ सालबाट जनयुद्धमा निरन्तर काम गर्ने इमान्दार र सकृय नेतामा पर्छन । पटक पटक जेल जीवन बिताएका पोख्रेलले पार्टी प्रवेश गरेसँगै पार्टी आन्दोलनमा पुर्णकालिन भएरै लाग्ने बताए । पुर्व एमालेका युवा संघका केन्द्रिय सदस्य कुमार शर्माले पनि खुलेर पुर्णकालिन भएरै काम गर्ने बताए ।

जनतामा राम्रो आधार भएको मानिएका पोख्रेलको नेपाल कम्युनिस्ट पार्टिमा प्रबेशले धेरै क्रान्तिकारी जनतामा उत्साह पैदा भएको अन्य प्रबेशिहरुले बताए ।

सामुहिक हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ, नेपाली कम्युनिस्ट आन्दोलनको प्रभाव र महान जनयुद्धको राप र तापबाट नेपालमा एक प्रकारको एतिहांसिक राजनितिक परिवर्तन भएको सर्वबिदितै छ ।

रास्ट्रियता र जनतन्त्रको सवालमा विभिन्न कालखण्डमा नेपालि जनताको तर्फबाट संचालित जनसंघर्स र महान जनयुद्धमा देश र जनताको मुक्तिको खातिर आफ्नो अमुल्य जिवनको हांसी हांसी आहुती दिने शहिदको सपना पुरा गर्न उहाँहरुले उठाउनु भएको रक्तिम झण्डालाई झुक्न नदिई मुक्ती मार्गमा अबिचलित रुपमा डटिरहने दृढ प्रतिज्ञा समेत गर्दछौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टिको रुपमा नरहेको पछिल्लो राजनिीतिक घटनाक्रमबाट पुष्ठि भएको उनीहरुले बताएका छन् ।

बिज्ञप्तीमा भनिएको छ, दलाल र भ्रस्टहरुको नक्कली कम्युनिस्ट पार्टी परित्याग गर्दै एकीकृत जनक्रान्तिको कार्य्दिशा मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने महान उदेश्य बोकेर संघर्षरत नेपाली श्रमिक तथा देशभक्त नागरिकहरुको पार्टी नेपाल कम्युनिस्ट पार्टिमा समाहित भएको कुरा यसै बक्तब्य मार्फत सगौरव घोसणा गर्दछौं ।

क्रान्तिकारी नेता तथा कार्यकर्तालाइ भ्रम मुक्त रंहदै दलाल भ्रस्टहरुको पक्षपोसक नक्कली कम्युनिस्ट पार्टिबाट बिद्रोह गर्दै क्रान्तिकारी ध्रुबिकरणको प्रकृयामा अघि बढ्न समेत उनीहरुले अपिल गरेका छन् ।